माछापुच्छ्रे कृति क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

2021-10-06
माछापुच्छ्रे कृति क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दोस्रो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी कात्तिक १० गते बुधबारका दिन काठमाण्डौ पानीपोखरीमा रहेको एम्बेस्सी रेष्टुरेन्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको ७ प्रतिशत बोनस सेयर र ६.४ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ । 


Share this with your friends: