nlg insurance company ltd

एनएलजी इन्स्योरेन्सको मुनाफा १९.७६%ले घट्यो,बीमाशुल्क आर्जनमा समेत गिरावट

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५५ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.६५ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८५ करोड ३६ लाख ५६ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

एनएलजी इन्स्योरेन्सका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक डा.भरत कुमार थापाले दिएको राजीनामा स्वीकृत भएको छ ।  कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको २५३ औँ बैठकले सञ्चालक थापाको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । सञ्चालक थापाले आफनो घरायसी कारण...

एनएलजी इन्स्योरेन्सद्वारा लघुबीमा अभिकर्ता तालिम सम्पन्न

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले २१ जना सहभागीहरुको सहभागितामा २०७८ चैत ४ देखि ५ गतेसम्म लघुबीमा अभिकर्ताहरुका लागि २ दिने तालिम सफलतापूर्वक सम्पन्न गरेको हो ।  उक्त तालिमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुनिल बल्लभ पन्तले गरेका थिए । धेरैभन्दा...

1663308665norvic-gif.gif

एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ७९९.७९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

एनएलजी इन्स्योरेन्सले लघुबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लघुबीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत ४ गतेदेखि लघुबीमा अभिकर्ताको २ दिने आधारभूत तालिम सञ्चालन गर्न लागेको हो ।  उक्त तालिम काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । तालिममा सहभागी हुन चाहने इच्छुक...

एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले गत आर्थिक वर्ष २०७७/७८...

16454172591200x120.gif

एनएलजी इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी चैत १७ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । ...

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा २२.६२%को कमी, मुनाफामा समेत गिरावट

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ५५ करोड २० लाख २१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

एनएलजी इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०। ५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...

एनएलजी इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत साउन २१ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत साउन १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

एनएलजी इन्स्योरेन्सको १०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १० लाख ९६ हजार ३७५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १०...

शिखर र एनएलजी इन्स्योरेन्सका सीईओहरु प्रबल जनसेवाश्री बाट विभुषित

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त संविधान दिवसका अवसरमा विभुषित भएका छन् ।  संविधान दिवस २०७८ का अवसरमा पाण्डे र पन्तलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रबल जनसेवाश्री बाट विभुषित गरेकि हुन् ।  बीमा क्षेत्रमा...

एनएलजी इन्स्योरेन्सको सेयर लिलामीमा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(भदौ २२ गते)देखि लिलामीमा राखिएको छ । कम्पनीकी सेयरधनी करुणा राणाले आफ्नो नाममा रहेको १३२६.६० कित्ता संस्थापक सेयरहरु बिक्री गर्ने इच्छा राखि निवेदन दिएकाले उक्त सेयरहरु बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  सेयरको न्यूनतम मूल्य...

एनएलजी इन्स्योरेन्स र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल सुनचाँदी ब्यवासायी महासंघबीच बीमा सम्बन्धि सम्झौता भएको छ । कम्पनी र महासंघबीच सरल र सहजरुपमा बीमाको काम गर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल सुनचाँदी ब्यवासायी महासंघकाका तर्फबाट अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका तर्फबाट...

एनएलजी इन्स्योरेन्सको बीमाशुल्क आर्जन ४९.६३%ले बढ्यो, मुनाफा २५ करोड बढी

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८९ करोड ५६ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ५९ करोड ८५ लाख २३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...