आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2022-06-19
आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार ५ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत असार १ गतेदेखि आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: