एशियन लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

2021-08-17
एशियन लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

 
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

श्रेष्ठले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणका अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको समेत उपस्थिति थियो। 

गत आइतबार बाराको सिमरामा सम्पन्न १२ औँ साधारण सभाबाट आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक समितिको सदस्य पदमा दिपककुमार श्रेष्ठ निर्वाचित भएका थिए। त्यसपछि कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।


Share this with your friends: