एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

2022-06-19
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा  राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार ५०० कित्ता सेयर आज(असार ५ गते)देखि बिक्रीमा राखिएको हो । 

यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य भने निर्धारण गरिएको छैन । 

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मैतिदेविमा आवेदन दिनुपर्नेछ । 


Share this with your friends: