एशियन लाइफ इन्स्योरेन्सद्वारा ५.८० अर्ब बीमाशुल्क आर्जन, नाफा ३९.८५%ले वृद्धि

2021-08-15
एशियन लाइफ इन्स्योरेन्सद्वारा ५.८० अर्ब बीमाशुल्क आर्जन, नाफा ३९.८५%ले वृद्धि

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ८० करोड ३६ लाख ५१ हजार १३१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २७.८१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५४ करोड ८ लाख २३ हजार ७०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब ६ करोड ७७ लाख २१ हजार ५३४ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा यो रकम १ अर्ब ५६ करोड ४२ लाख ५० हजार १०३ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ९९ करोड ३२ लाख ३१ हजार ८९५ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५२ करोड ५ लाख ४० हजार ३८३ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी २५ करोड ४३ लाख ४२ हजार ३४२ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ३९.८५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १८ करोड १८ लाख ६३ हजार २५४ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ८२ करोड ५३ लाख ६९ हजार १५६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ६२ करोड ६८ लाख २९ हजार ०३२ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर २६ अर्ब ४८ करोड ७७ लाख २० हजार ०८८ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २२.५७ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २१ अर्ब ८१ करोड २ लाख ४७ हजार ५१७ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ५४ करोड ७० लाख ६५ हजार २९८ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ८९ करोड ९२ लाख ६५ हजार ८८० रुपैयाँ भएको छ। 
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ, पीई अनुपात १०६.५७ गुणा, प्रतिसेयर नेटवर्थ १४९.२४ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५२३ रुपैयाँ रहेको छ ।


Share this with your friends: