एशियन लाइफद्वारा रु. २१ लाख दाबी भुक्तानी

2021-07-07
एशियन लाइफद्वारा  रु. २१ लाख दाबी भुक्तानी

काठमाण्डौ ।  एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कालिकोट उपशाखाले कालिकोट रास्कोट नगरपालिका वडा नम्बर ९ का मृतक माधव न्याौपानेकी श्रीमति बसन्ता न्यौपानेलाई बीमा भुक्तानीबापतको चेक हस्तान्त्रण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कालिकाटमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मार्फत कालिकोट उपशाखाका प्रमुख जन्मदेव बराल कर्मचारी लगायतको सहभागितामा बीमित मृतक माधव न्यौपानेका श्रीमती बसन्ता न्यौपानेलाई २१ लाख ६७ हजारको चेक हस्तान्त्रण गरिएको हो । 

कर्णाली एग्रोभेटका संन्चालक व्यवसायी माधव न्यौपानेका परिवारलाई एशियन  लाईफ एन्सोरेन्स कम्पनी उपशाखा मान्मले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यमार्फत मृतक बीमित न्यौपानेकी श्रीमती बसन्ता न्यौपानेलाई हस्तान्त्रण गरेका हुन् । 

मृतक न्यौपानेले तीन बर्ष अघि १५ वर्षायि नबरत्न जीवन बिमा अन्तर्गत एक मुष्ट ६ लाख ८३ हजार ८ सय ८० तिरेर बीमा गरेका थिए । 


Share this with your friends: