परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-06-19
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५४.८३ अंकले घट्दै ७८९२.४३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२२.६८ अंकले घट्दै ९१४४.०८ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा आज एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.०५ प्रतिशतले बढ्दै प्रतिकित्ता ३८५ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ५.६५ प्रतिशतले घट्दै प्रतिकित्ता ७०२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३७.२७ अंकले घट्दै १९३४.११ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२३ कम्पनीका ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १२.६ अंकले घटेको आज व्यापार ३०.८२,होटल ४७.५,विकास बैंक १२४.१२,हाइड्रो ८७.४७,वित्त ५१.७३,उत्पादन तथा प्रशोधन ३२.१८,अन्य ५३.६९,लघुवित्त ६५.०२,म्युचुअल फन्ड ०.४५ र लगानी १.४३ अंकले घट्यो। 

आज आधिँखोला लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.५६ प्रतिशतले घट्यो। यसैगरी बलेफि हाइड्रोपावरको सेयरमूल्य ८.१९,मितेरी डेभलपमेन्ट बैंक ७.६८ र माउन्टेन हाइड्रोको सेयरमूल्य ७.३३ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको १० करोड २९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: