काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालक गर्ने भएको छ । बीमा व्यवसाय अभिवृद्धि गर्न तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ कम्पनीले आगामी र्चैत १३ गतेदेखि उक्त तालिम सञ्चालन गर्न लागेको हो ।
उक्त तालिम काठमाण्डौको थापागाँउमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअलमाध्यमबाट सञ्चालन हुनेछ । तालिममा ५० जनालाई सहभागी गराइने र पहिले आवेदन दिनेलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
उक्त तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्ति तथा संघ संस्थाका सञ्चालकहरुले कम्पनीको केन्द्रिय कार्यालयमा चैत ८ गतेसम्म सम्पर्क राख्नुु पर्नेछ ।
तालिममा सहभागी हुुन चाहने इच्छुकको न्यूनतम शैक्षिक योग्यता एलएलसी उत्तिण हुनुपर्नेछ । सहभागीहरुले नागरिकता प्रमाणपत्र फोटोकपी(१),शैक्षिक प्रमाणपत्र फोटोकपी(१),चारित्रिक प्रमाणपत्र फोटोकपी(१)र पासपोर्ट साइज फोटो ४ वटा सहित आवेदन पेस गर्नुपर्नेछ ।