प्रधानमन्त्री उद्धारकोषमा प्रभू क्यापिटलसहित प्रभू ग्रुपबाट १ करोड ७५ लाख सहयोग

23 दिन अगाडी
प्रधानमन्त्री उद्धारकोषमा प्रभू क्यापिटलसहित प्रभू ग्रुपबाट १ करोड ७५ लाख सहयोग

काठमाडौं । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ । 

सोमबार एक कार्यक्रमका बीच प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

यो सहयोग प्रभू ग्रुपअन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्सको तर्फबाट संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गतको रहेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चेक हस्तान्तरण समारोहमा ग्रुपअन्तर्गतका कम्पनीका उच्च अधिकारीहरुको सहभागिता थियो ।  


Share this with your friends: