अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

2022-06-09
अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ। 

बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै कम्पनीले बटेश्वर गाउँपालिकामा बीमा व्यवसायलाई सरल र प्रभावकारी ढंगले प्रदान गर्नेछ। 

नेपाल सरकारको बीमा नीतिअनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुंच ग्रामीणस्तरसम्म पुर्याउने उद्देश्यले यो सम्झौता गरिएको कम्पनीले जनाएको छ। 


Share this with your friends: