अतिरिक्त जीवन बीमा योजना किन आवश्यक ? कसरी गर्ने व्यवस्थापन

2021-09-21
अतिरिक्त जीवन बीमा योजना किन आवश्यक ? कसरी गर्ने व्यवस्थापन

काठमाण्डौ । जीवन बीमा भनेको बीमा कम्पनी (बिमक० र बीमा गर्ने व्यक्ति  (बिमित० बीच भएको एउटा कानूनी  करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्युल भएमा निजको परिवारलाई वा जीवित रहेमा बीमा अवधि पछि  निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।

जीवन र जीवनमा आईपर्ने भवितव्यहरु अनिश्चित भएकाले एक जना व्यक्तिले विभिन्न कम्पनीहरुबाट एकभन्दा बढी अर्थात अतिरिक्त बीमा पोलिसीहरु खरिद गर्न सक्छन्। 

व्यक्तिको जीवनकालमा आम्दानीमा हुने वृद्धिसँगै उसको जिम्मेवारीहरु समेत थपिदै जान्छन्। त्यसैले थपिएका जिम्मेवारीहरु पूरा गर्नका लागि अतिरिक्त जीवन बीमा पोलिसहरु आवश्यक पर्ने गर्दछ। त्यस्तै दाबी अस्विकारको जोखिमलाई कम गर्नका लागि समेत बीमितले अर्को बीमा कम्पनीमा अतिरिक्त जीवन बीमा पोलिसी खरिद गर्न सक्छन्। 

तर अतिरिक्त जीवन बीमा पोलिसी खरिद गर्नुपूर्व केहि कुरामा ध्यान दिन आवश्यक छ। अतिरिक्त नयाँ जीवन बीमा योजना खरिद गर्दा वर्तमान पोलिसीको सम्पूर्ण विवरणहरु उल्लेख गर्नुपर्दछ। बीमाको आवश्यकता निर्र्धारण गर्नका लागि आफ्नो आयको सम्पूर्ण जानकारी बीमकलाई प्रदान गर्नुपर्दछ। यदि बीमितको वर्तमानको बीमा योजना मानव जीवनको अनुमानित मूल्यभन्दा बढी छ भने नयाँ बीमा कम्पनीले बीमा योजनाको फारम रद्द गर्न सक्छ। 

बीमितले नियमित रुपमा प्रिमियम तिरेर आफ्नो बीमा योजनाहरुलाई जीवित राख्न एकदमै महत्वपूर्ण हुने गर्दछ। 

 


Share this with your friends: