अपर सोलु हाइड्रोले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

2022-04-26
अपर सोलु हाइड्रोले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आगामी वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी जेठ ५ गते र ढिलोमा जेठ २० गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: