अपर हेवाखोला हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

2022-05-24
अपर हेवाखोला हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज(जेठ १० गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी जेठ २४ गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।     


Share this with your friends: