एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

2022-06-14
एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७र७८ सम्मको वितरण योग्य मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ८.९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको ८.५० प्रतिशतले हुन आउने ९ करोड ८९ लाख २ हजार ३३१.८२ रुपैयाँ बराबरको बोनस सेयर र ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।    


Share this with your friends: