एलआईसीले बिक्री गर्यो प्रतिमिनेट ४१ बीमा पोलिसी,बजार हिस्सा ७४.६०% पुग्यो

2022-04-19
एलआईसीले बिक्री गर्यो प्रतिमिनेट ४१ बीमा पोलिसी,बजार हिस्सा ७४.६०% पुग्यो

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारीमा रहेको सरकारी स्वामित्वको एलआईसी भारतले गत आर्थिक वर्षमा प्रति मिनेट ४१ अर्थात प्रतिघण्टा २४६० बीमा पोलिसी बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको रिपोर्टका अनुसार आर्थिक वर्ष २०२१÷२२ मा कम्पनीले २ करोड १७ लाख १८ हजार ६९८ पोलिसी बिक्री गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०२०÷२१ मा कम्पनीले २ करोड ९ लाख ७५ हजार ४३९ पोलिसी बिक्री गरेको थियो। 

यस्तै एलआईसी भारतको बजार हिस्सा ७४.६० प्रतिशत पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षमा ७४.५१ प्रतिशतमा सीमित थियो। 

रिपोर्टका अनुसार आर्थिक वर्ष २०२१/२२ मा एलआईसी भारतको नविकरण बीमाशुल्क आर्जन १२.६६ प्रतिशतले वृद्धि हुदैँ १४३९३८.५८ करोड भारु पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षमा १२७७६८.०६ करोड भारु थियो। 

एलआईसी भारतको आईपीओ यहि आर्थिक वर्षको पहिलो त्रैमासमा आउने विश्वास गरिएको छ। भारतीय सेयर नियामक सेक्युरिटी बोर्ड अफ इन्डियाका पेस गरिएको कागजातका अनुसार एलआईसीले ३१ करोड ६२ लाख ४९ हजार ८८५ कित्ता इक्विटी सेयर बिक्री गर्ने तयारी गरेको छ। यो आईपीओको १० प्रतिशत हिस्सा पोलिसीहोल्डरका लागि सुरक्षित गरिनेछ। 

 


Share this with your friends: