किन आवश्यक छ सबैका लागि व्यक्तिगत दुर्घटना बीमा ? थाहा पाउनुहोस् कारण !

2020-11-20
किन आवश्यक छ सबैका लागि व्यक्तिगत दुर्घटना बीमा ? थाहा पाउनुहोस् कारण  !

काठमाण्डौ । व्यक्तिगत दुर्घटना बीमा पोलिसी एक प्रकारको बीमा पोलिसी हो। जसले तपाइँलाई आकस्मिक अपांगता वा मृत्युका कारण हुने आर्थिक नोक्सानीबाट माथि उठ्न सहयोग गर्ने गर्दछ। यदि दुर्घटनाका कारण तपाइँको शरीरका कुनै एक अंग रहेन भने, यस्तोमा दुर्घटना बीमा पोलिसीले तपाइँको परिवारलाई एकमुष्ठ राशि प्रदान गर्ने गर्दछ। जसले अपांगताका कारण आएका वित्तीय संकटहरुसँग जुध्न र पार पाउन सकिन्छ। 

तपाइँ हामीलाई दुर्घटना शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले हाम्रो मष्तिस्कमा सडक दुर्घटनाको दृश्य आउने गर्दछ। तर एउटा व्यक्तिगत दुर्घटना कभरले विभिन्न प्रकारको दुर्घटनाहरुलाई कभर गर्ने गर्दछ। बाथरुममा लड्नेदेखि लिएर जिम वर्क आउट गर्दा लाग्ने चोटसम्म र ग्यास सिलेन्डर पड्किनेदेखि लिएर बिजुलीको झट्कासम्म वा पानीमा डुब्नेदेखि लिएर आगलागीबाट हुने हानीसम्म सबै दुर्घटनाहरु व्यक्तिगत दुर्घटना अन्तर्गत आउने गर्दछन्। 

आउनुहोस् अब व्यक्तिगत दुर्घटना बीमा पोलिसीमा कुन कुन अपांगताहरु कभर हुन्छन्, जानौँ। जब कभर हुने अपांगताको कुरा आउँछ तब यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ। 

स्थायी पूर्ण अपांगता
अपांगताको यो श्रेणीमा यस्तो अवस्था आउने गर्दछ, जसमा व्यक्तिलाई गम्भिर चोट लाग्ने गर्दछ र शरीरको कुनै एक महत्वपूर्ण अंग दिर्घकालका लागि पूर्ण रुपमा गुम्ने वा क्षति पुग्ने गर्दछ। यसमा निम्न अवस्थाहरु समावेश हुन्छन् :

पूर्ण अन्धोपन
दुवै हात गुमाउनु
दुवै खुट्टा गुमाउनु
स्वर गुमाउनु
मानसिक सन्तुलन गुमाउनु
आमरुपमा पोलिसीले स्थायी पूर्ण अपांगताको अवस्थामा बीमा राशिको सतप्रतिशत भुक्तानी प्रदान गर्ने गर्दछ। 


स्थायी आंशिक अपांगता
यो श्रेणीमा व्यक्तिको शरीरको कुनै एक अंग वा भागमा स्थायी रुपमा क्षति पुग्ने गर्दछ। जस्तै :

एउटा हात वा खुट्टा गुमाउनु 
सुन्ने क्षमता गुमाउनु
एउटा आखाको ज्योति गुमाउनु
हात वा खुट्टाको औलामा क्षति पुग्नु
यि उल्लेखित अवस्थामा बीमा राशिको केहि प्रतिशत मात्रै भुक्तानी गर्ने गरिन्छ। 

अस्थायी पूर्ण अपांगता

यो श्रेणी तब लागू हुन्छ, जब व्यक्ति दुर्घटना पश्चात अस्थायी रुपमा बेडमा पुग्ने गर्दछ। 
कसरी हुन्छ प्रिमियमको गणना

प्रिमियम तपाइँको व्यवसाय र तपाइँद्वारा चुनिएको कभर राशिमा निर्भर हुने गर्दछ। केहि जागिर वा कामलाई उच्च जोखिम वाला वातावरण र उच्च दुर्घटना सम्भावित श्रेणीमा वर्गिकृत गर्ने गरिन्छ। यस्तो अवस्थामा तपाइँको प्रिमियम राशि सुरक्षित मानिएको जागिरका मानिसको तुलनामा अधिक हुने गर्दछ। त्यसैले यदि तपाइँ एउटा सफ्ट वेयर इन्जीनियर हुनुहुन्छ भने तपाइँले एउटा निमार्ण ठेकेदारको तुलनामा कम प्रिमियम भुक्तानी गर्नुपर्ने हुन्छ। 

कतिको कभर लिदा उपयुक्त ?

विज्ञका अनुसार तपाइँले एउटा यस्तो कभर लिनु उपयुक्त हुन्छ, जुन तपाइँको वार्षिक तलब वा ज्यालाको १५–२० गुणा होस्। तपाइँले यो सुनिश्चीत गर्न आवश्यक हुन्छ कि तपाइँको परिवार हर अवस्थामा आरामले रहन सकुन्। उपयुक्त राशिको गणना तपाइँले आफ्नो सबै वर्तमान र भविष्यको वित्तीय जिम्मेवारी वा दायित्व(सन्तानको शिक्षा, विवाह) वर्तमानको लगानी तथा तपाइँद्वारा पहिले गरिएका बीमालाई मध्यनजर गर्दै गर्नु पर्दछ। 

 


Share this with your friends: