जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

2020-10-12
जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार भोलि(मंगलबार) देखि हुने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा आउने भएको हो।

कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। 

जनरल इन्स्योरेन्सलाई नेप्सेले जीआईसी कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता १०१.७६ देखि ३०५.२८ रुपैयाँ तोकेको जानकारी दिएको छ। भोलि स्पेसल प्रिओपन सेसन ९१०ः३० देखि १०ः४५० मा पहिलो कारोबार १० कित्ता नेप्सेले तोकेको मूल्य सीमा प्रतिकित्ता १०१।७६ देखि ३०५।२८ रुपैयाँमा कारोबार सम्पन्न भएपछि मात्र नियमित समय ९११ देखि ३ बजे० जनरल इन्स्यारेन्सको सेयर कारोबार हुनेछ।

यो कम्पनीले प्रतिकित्ता १०० दरका रु। ३० करोडबराबरको आईपीओ बिक्री खुल्ला गरेकोमा सर्वसाधारणका लागि भने २७ लाख ५० हजार कित्ता मात्र छुट्याइएको छ। 

कम्पनीले प्रतिकित्ता रु। १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। 

 


Share this with your friends: