दक्षिण कोरियाका बीमकहरुको मुनाफामा २१%को गिरावट

2022-06-02
दक्षिण कोरियाका बीमकहरुको मुनाफामा २१%को गिरावट

काठमाण्डौ । दक्षिण कोरियाका बीमकहरुको मुनाफामा २१ प्रतिशतको गिरावट आएको छ। यो वर्षको पहिलो त्रैमासमा दक्षिण कोरियाका जीवन र निर्जीवन दुवैको संयुक्त मुनाफामा २१ प्रतिशतको गिरावट आएको हो। 

फाइनान्सीएल सुपरभाइजरी सर्भिसका अनुसार दक्षिण कोरियाका ५३ प्रमुख बीमकहरुको मुनाफा जनवरी–मार्चको अवधिमा ३.०५ ट्रिलियन कोरियन वन(२.५४ बिलियन डलर)रहेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २१.२ प्रतिशतले कम हो। 

यस अवधिमा दक्षिण कोरियाका २३ वटा जीवन बीमकहरुको मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५.२ प्रतिशतले घटेको छ। कोरोना महामारीका कारण जीवन बीमा कम्पनीहरुको प्रर्दशनमा गिरावट आएको जनाइएको छ।  यद्यपी ३० वटा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा गत वर्षको तुलनामा २५.४ प्रतिशतले बढेको छ। कोरोना महामारीमा दक्षिण कोरियाली सरकारले सामाजिक र सार्वजनिक भेटघाटलाई निरुत्साहित गरेकाले निर्जीवन बीमा कम्पनीहरुको घाटादर घटेको हो। 

 


Share this with your friends: