नवीकरण शुल्क बुझाएसँगै तीन हाइड्रो कम्पनीको सेयर कारोबार फकुवा

2020-10-20
नवीकरण शुल्क बुझाएसँगै तीन हाइड्रो कम्पनीको सेयर कारोबार फकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीन हाइड्रो कम्पनीको सेयर कारोबार आज(मंगलबार)बाट फुकुवा गरेको छ। नेप्सेले सक्रिय कारोबारमा रहेका मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र हिमाल डिस्टिलरीको सेयर कारोबार फुकुवा गरेको हो। 

नेप्सेले यसअघि गत आइतबार सूचीकृतमध्ये सक्रिय कारोबारमा रहेका ५ वटासहित २५ कम्पनीको सूचीकरण विनियमावलीबमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण दोस्रो बजारमा धितोपत्र कारोबार रोक्का गरेको थियो। 

तीन हाइड्रो कम्पनी हिमाल दोलखा, जोशी र नेपाल हाइड्रोको सेयर कारोबार नवीकरण शुल्क बुझाएसँगे आजबाट फुकुवा भएको छ। 

 


Share this with your friends: