नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस प्रस्ताव

2022-06-19
नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.०२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: