नेप्सेमा १३.१२ लाख कित्ता हकप्रद सेयर सूचीकृत

2022-03-23
नेप्सेमा १३.१२ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । 
आज नेप्सेमा बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 

बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 


Share this with your friends: