नेप्सेमा २८ लाख कित्ता बढी बोनस तथा हकप्रद सेयर सूचीकृत

2021-03-29
नेप्सेमा २८ लाख कित्ता बढी बोनस तथा हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्त,एक फाइनान्स कम्पनी र एक विकास बैंक गरी कुल ४ वित्तीय संस्थाको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा यी चार लघुवित्तको २८ लाख ४६ हजार ३३.२६ कित्ता बोनस सेयर तथा हकप्रद सेयर सूचीकृत भएको हो। 

नेप्सेमा आरएसडिसी लघुवित्तको ९ प्रतिशत बोनस सेयर अर्थात ६ लाख ४ हजार ३७०.४५ कित्ता, एनएमबी लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर अर्थात ८ लाख ६१ हजार ८७३.२५ कित्ता, पोखरा फाइनान्स लिमिटेडको ५ प्रतिशत बोनस सेयर अर्थात ४ लाख ५८ हजार ६४०.८६ कित्ता र सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    

 


Share this with your friends: