प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश

2022-06-05
प्राइम लाइफ इन्स्योरेन्स १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आज (जेठ २२ गते)देखि १५ औँ वर्षमा प्रवेश गरेको छ। 

२०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो बिशेष पहिचान स्थापित गरेको छ। सवल सुरुआत सँगसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ। 

आगामी दिनमा अझ उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने हौसला प्राप्त भएको कम्पनीले जनाएको छ। भविष्यमा थप बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्न सक्षम हुने कम्पनीको विश्वास छ। 

बीमितको समयसापेक्ष परिवर्तित उच्चस्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिंदै आइरहेको कम्पनीले प्रत्येक वर्षजसो नवीनतम तथा बीमाक्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ। हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकले आवश्यकताका आधारमा जुनसुकै बीमा योजनाअन्तर्गत बीमा गर्न सक्नेछन्।

कम्पनीले ग्राहकको बीमाशुल्कलगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ। कम्पनीले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ।

वार्षिकोत्सवका अवसरमा जेठ २० गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सहयोगस्वरुप अति सीमान्तकृत वर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँपालिका वडा नं। १ (मैवाही) रोवस्थित २८ घरपरिवार मुसहर जातिको समुदायका मुखिया महेन्द्र सदायलाई र सोही गाउँपालिकाका लतियाही मधुवनीस्थित २५ घरपरिवार मुसहर जातिको समुदायका मुखिया उत्तिमलाल सदायलाई भाँडाकँुडा हस्तान्तरण गरेको छ। 


Share this with your friends: