प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

2022-06-16
प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर आज(असार २ गते)देखि लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा सो भन्दा माथिका लागि कुनै हद तोकिएको छैन ।  यो सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले असार ८ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।     


Share this with your friends: