काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण विश्वका बीमकहरुले १६ देखि ३५ बिलियन डलर घाटा ब्यहोर्नुपर्ने भएको छ। एस एण्ड पी ग्लोबल रेटिङले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो देखिएको हो। रिपोर्टका अनुसार कुल घाटामा ५० प्रतिशत घाटा पुनर्बीमकहरुले ब्यहोर्नुपर्नेछ।
यो रिपोर्ट रुस–युक्रेन युद्धका कारण फसेका जेट विमानबाट हुने घाटा,राजनैतिक जोखिम,साइबर,राजनैतिक हिंसा जस्ता जोखिमा केन्द्रित रहेको छ।
युक्रेनमा जारी अहिलेको संकटले सन् २०२२ मा बीमा दाबी निकै वृद्धि हुने र स्पेस्टालिटी र हवाई उड्ययन क्षेत्र सबैभन्दा बढी प्रभावित हुने रिपोर्टमा उल्लेख गरिएको छ।
हवाई उड्ययन बीमाले ६ देखि १५ बिलियन डलरसम्म घाटा ब्योहोर्नुपर्ने हुनसक्ने र यसको दाबीका लागि अदालतसम्ममै पुग्नु पर्ने हुनसक्ने र यो प्रक्रिया लामो हुनसक्ने जनाइएको छ।