मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

2022-06-15
मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज(असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा न.२,३,४ र ६(साविक सार्दिखोला गाविस घाचोक गाविस,लाहाचोक गाविस र धिताल गाविसका बासिन्दाहरुका लागि रु.१०० अंकित दरका ५ लाख ८८ हजार ०३७ कित्ता आईपीओ निष्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार १५ गते र ढिलोमा असार ३० गते बैंकिङ समयपछि हुनेछ । 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।       


Share this with your friends: