मेगा बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

2020-10-04
मेगा बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंकको लिलामीमा रहेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले गत असोज ११ गतेबाट २०७४ भदौ ७ गतेदेखि कात्तिक १४ गते सम्म बिक्री खुलाएको हकप्रदमा आवेदन नपरेपछि १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयरमा आवेदन खुुलाएको थियो । 

योग्य व्यक्ति, कम्पनी, संघसंस्था आदिले लिलामीमा राखिएको सेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलबकोल गर्नुपर्नेछ। 

सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताहरुले मेगा क्यापिटल मार्केट्सको काठमाण्डौ त्रिपुरेश्वरस्थित साकेत कम्पलेक्स वा मेगा बैंकका शाखा कार्यालयहरु काठमाण्डौ उपत्यकामा रहेका कमलादी, नयाँबानेश्वर चोक, ठमेल, न्युरोड ९पिपलबोट०, ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगन्ज चक्रपथ, मैतीदेवी, जावलाखेल, पुरानो थिमी र सूर्यविनायक तथा उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, तुलसीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखरा सभागृहचोक, पोखरा चिप्लेढुंगा, हेटौँडा, वीरगन्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र बिर्तामोडमा बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता वा अधिकतम १ लाख कित्तासम्म खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।  

 


Share this with your friends: