यी ५ कारणले बढाउँछन् जीवन बीमा पोलिसीको प्रिमियम

2020-11-26
यी ५ कारणले बढाउँछन् जीवन बीमा पोलिसीको प्रिमियम

काठमाण्डौ । प्रत्येक व्यक्तिको जीवनमा, जीवन बीमा पोलिसीले एकदमै महत्व राख्ने गर्दछ । पोलिसी प्रिमियमको राशि पोलिसीहोल्डरको स्वास्थ्य, आनीबानी र व्यवसायको प्रकृतिमा निर्भर रहने गर्दछ । यिनै कारकहरुले प्रिमियम राशिलाई घटाउन वा बढाउन सक्छन् । निश्चीत रुपमा, धुम्रपान वा मद्यपान गर्ने व्यक्तिको जीवन बीमा प्रिमियम नगर्ने पोलिसीहोल्डरको तुलनामा धेरै हुने गर्दछ । 

आउनुहोस, जानौँ यस्तै ५ कारण जसले पोलिसीहोल्डरको प्रिमियमलाई घटाउन वा बढाउन सक्छ । तपाइँले पनि यस्ता साना साना कुराहरुलाई ध्यानमा राखेर जीवन बीमा सम्बन्धि निर्णय लिन सक्नु हुन्छ । 

१. धुम्रपान वा मद्यपानको सेवन 

धुम्रपान वा मद्यपानको सेवन स्वास्थयका लागि हानिकारक हुने गर्दछ । यसको अम्मलले व्यक्तिको मृत्यु वा गम्भिर रोग लाग्ने सम्भावनालाई बढाइ दिन्छ । बीमा कम्पनीहरु पोलिसीहोल्डरको प्रिमियम तय गर्नुभन्दा अघि सधै यि बानी वा अम्मलको बारेमा प्रश्न गर्ने गर्दछन् । यस्ता वस्तु सेवन नगर्दाको अवस्थामा जीवन बीमा प्रिमियम कम हुने गर्दछ । 

२. व्यवसायको प्रकृति 
जीवन बीमा प्रिमियम, व्यवसायको प्रकृतिमा पनि निर्भर रहने गर्दछ । बीमा कम्पनीहरु अधिक जोखिम भएको व्यवसाय जस्तै ड्राइभिङ, बम डिफ्युजिङ यूनिट,फायर फाइटिङ र यस्तै प्रकृतिका काम गर्ने व्यक्तिहरु सँग अधिक प्रिमियम लिने गर्दछ । यसका साथै केहि कम्पनीहरु त यस्तो प्रकारको व्यवसायसँग जोडिएका मानिसहरुलाई इन्स्योरेन्स कभर प्रदान गर्ने गर्दैनन् । 

३. शारीरिक स्वास्थय 

बीमा कम्पनीहरु पोलिसीहोल्डरको शारीरिक स्वास्थयलाई मध्यनजर गर्दै प्रिमियम राशि निर्धारण गर्ने गर्दछन् । मुटुरोग वा डायबेटिज जस्ता रोगहरु भएको अवस्थामा प्रिमियम राशि अधिक हुने गर्दछ । यहि कारण नै पोलिसी जारी हुनु भन्दा अघि स्वास्थ्य अवस्थाको विवरण माग्ने गरिन्छ । यदि आवेदकको उमेर निश्चित सीमाभन्दा धेरै छ भने, बीमा कम्पनीहरु स्वास्थ्य जाचँ र आधारभूत परीक्षण अनिवार्य गर्ने गर्दछन् । यस्तै कुनै व्यक्तिको तौल, उसको उचाई र उमेरको अनुपातभन्दा धेरै छ भने प्रिमियम राशि अधिक हुने गर्दछ । यस्तो यसकारण कि माटोपनको समस्याबाट ग्रस्त व्यक्तिहरुलाई मुटुरोग, मधुमेह, उच्च रक्तचाप आदिको सम्भावना धेरै हुने गर्दछ । 

४. पोलिसीको अवधि र बीमा राशि 

पोलिसीको अवधि जति लामो हुन्छ, प्रिमियम त्यति नै कम हुने गर्दछ । त्यसैले कम उमेरमा पोलिसी लिदाँ प्रिमियम राशि कम हुने गर्दछ । यसो हुनु पछाडिको मुख्य कारण भनेको इन्स्योरेन्स कभरेज धेरै समयको लागि हुने गर्दछ । साथै यसको दाबीकोे बेला प्राप्त हुने बीमा राशिमाथि पनि प्रिमियम निर्भर रहने गर्दछ । एकमुष्ठ राशि जति धेरै हुन्छ, बीमा प्रिमियम त्यति नै धेरै हुन्छ । 

५.प्यारेन्टल हिस्ट्री

बीमा कम्पनीहरु आवेदकसँग पोलिसी गराँउदा परिवारमा पहिलेदेखि चल्दै आइरहेको रोगहरु(वंशाणुगत रोग)का बारेमा पनि सोधपुछ गर्ने गर्दछन् । यस्तोमा यदि तपाइँको परिवारमा यस्तो कुनै रोग छ भने, कम्पनीले यस्तो पोलिसीको लागि अधिक प्रिमियम लिने गर्दछ । 

यि सबै कारकहरुले बीमितको पोलिसी प्रिमियम माथि प्रभाव पार्ने गर्दछन् । पोलिसी खरिद गर्नुअघि अन्य कम्पनीहरुद्वारा जारी गरिएको पोलिसीहरु सँग अनिवार्य रुपमा तुलना गर्नु पर्दछ । यसका साथै पोलिसी खरिद गर्दा प्रिमियमलाई महत्व नदिएर, पोलिसी कभरेज, बीमा कम्पनीको प्रतिष्ठा, ग्राहकमैत्रि सेवा र क्लेम सेटलमेन्ट अनुपातमा ध्यान दिनु पर्दछ ।     

 

tips   

Share this with your friends: