राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका

2021-06-21
राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका

काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् । निशंकोच भई भन्नुुपर्दा बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । हामीमध्ये अधिकांशले अनुुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुुने नोक्सानीको भागिदार अरु कोही नभई हामी स्वयम् नै हुनुपर्ने हुन्छ । तपाइँको बीमा एजेन्ट वा सल्लाहकार तपाइलाई सही सूचना प्रदान गर्न र मार्गदर्शन पहिल्याउने मामिालामा तपाइको प्राथमिक स्रोत हुुन् । जहाँ तपाईको एजेन्टले भित्री ह्रदयदेखि नै तपाइको हित चाहन्छ, त्यहीँ धोखा गरेर गलत बिमा भिडाएका कयौ उदाहरणहरु पनि बेला बेला आइरहेका हुुन्छन् । त्यसैले कुनै पनि बीमा एजेन्ट वा प्वाइन्ट अफ सेल्स पर्सनबाट बिमा योजना खरीद गर्नुपूर्व निम्न प्रश्नहरु आफूले आफैलाई सोध्नुपर्दछ । ताकि तपाइँले खरीद गर्ने बीमा योजनाबारे तपाइले राख्नु भएका अपेक्षाहरु बारे तपाई स्पष्ट हुन सक्नुहोस् ।

–मेरो वर्तमान र भविष्यका आवश्यकताहरु के–के हुुन् ?

–विश्वसनीय बिमा सल्लाहकारको उचित सिफारिस कस्ले गर्न सक्छ ?

–मेरो प्रिमियम राशीको सिमा कति छ ?

एजेन्टमार्फत बीमा योजना खरीद गर्नुुपूर्व यी प्रश्नको जवाफ खोज्न एकदमै महत्वपूर्ण हुने गर्दछ । तपाइँँलाई उपयुुक्त हुुने बीमा योजना खरीद गर्नुूपूर्व विभिन्न बीमा कम्पनी तथा सल्लाहकारसँग बसेर जानकारी लिन सकिन्छ । यहाँ हामी तपाइँँलाई कुनै एजेन्टले तपाइलाई सही सल्लाह दिइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने भन्ने बारे पनि जानकारी दिंदैछौ । 

१. एजेन्टले आफूले गर्नुपर्ने सबै अनुसन्धान गरेको छ कि छैन ?

बीमाको आवश्यकता प्रत्येक व्यक्तिपिच्छे फरक हुने गर्दछ । सम्भावित ग्राहकलाई बीमा योजना दिनुभन्दा पहिले एउटा प्रतिबद्ध एजेन्टले आफ्नो सम्पूर्ण गृहकार्य गरेको हुनुपर्दछ । त्यसैले यस्तो एजेन्ट छान्नुस् जो तपाईको श्रेणीभित्र विभिन्न बीमा योजनाहरुका बारेमा जानकार होस् । यसका साथै उनीहरुलाई तपाइका मनमा उब्जेका प्रश्नहरु सोध्नु पर्दछ, जसले गर्दा तपाइँ पछि निर्धक्क भई आफ्नो बीमा प्रोफाइल एजेन्टलाई प्रदान गर्न सक्नुहुन्छ । सही सल्लाहकारले तपाइको वित्तीय आवश्यकता तपाइँको प्रिमीयम भुक्तानी गर्ने क्षमतालाई सही तरिकाले बुझेको हुन्छ । जसको परिणाम स्वरुप एजेन्टले तपाइलाई यस्तो प्रोडक्ट वा योजना खरीद गर्न सुझाव दिन्छ, जुन तपाइको आवश्यकता र क्षमता अनुरुप हुने गर्दछ । 

२. राम्रा बीमा एजेन्टले तपाइको कुुरालाई विषेश ध्यान दिन्छन

बीमा सल्लाहकार यस्तो हुुनुुपर्दछ, जसले आफ्नो फाइदा हेर्नुभन्दा पनि तपाइको आवश्यकता पूरा गर्नतर्फ लागोस् । जसले इमान्दारिकताका साथ तपाइलाई उपयुक्त हुने योजना बारे जानकारी देओस् । राम्रो बीमा सल्लाहकारले आफ्नो सम्बन्धलाई सार्थक तुुल्याउन आफ्नो ग्राहकलाई सधै उपयुक्त र फाइदाजनक सल्लाह दिने गर्दछ । यसले दुवै पक्षलाई लाभ पुर्याउँछ, किनकी तपाइको भविष्यको आवश्यकता बीमामार्फत परिपूर्ति गर्न एजेन्टले सही सल्लाह प्रदान गर्नै गर्दछन् । 

३.राम्रा एजेन्ट इमान्दार हुुने गर्दछन् 

एउटा लामो अवधिको योजनाका लागि एजेन्टको सल्लाह मान्नुुभन्दा पहिले उसको विगतको कार्य अनुुभवको बारेमा प्रश्न गर्नुुपर्दछ । जस्तै उसले पहिले कुुन कुुन कम्पनीमा काम गरिसकेको छ र ती पूर्व कम्पनी छोड्नुुुको कारण के थियो ? यसले तपाइलाई एजेन्टले प्रत्येक बीमा प्रदायकसंग व्यतीत गरेको अवधिको बारेमा अनुुमान लगाउन सजिलो पर्छ । यदि एजेन्टले पटक पटक कम्पनी बदलेको रैछ भने यसबारे तपाइले प्रश्न उठाउन सक्नुुहुुन्छ ।


Share this with your friends: