शिखर इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-06-14
शिखर इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले वि.स २०७८ माघ २० गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले गत २०७८ माघ २० गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद सेयर निजहरुको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । उक्त समयपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशःहकप्रद सेयर जम्मा गरिने कम्पनीले जनाएको छ । 

यस्तै, सेयर धितोमा राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र सेयर खातामा पाउनेछन् ।


Share this with your friends: