समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर लिलामीमा

2021-06-17
समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद सेयर आज(असार ३ गते)देखि लिलामीमा राखेको हो ।

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएकाले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिने सक्नेछन् । ।

लगानीकर्ताले बीओके क्यापिल नक्लास काठमाण्डौ, बैंक अफ काडमाण्डूका शाखा कार्यलयहरु, मेनरोड विराटनगर, भद्रपुर रोड विर्तामोड, आर्दशनगर विरगंज, स्टेशनरोड जनकुपर, मेनरोड हेटौडा, नारायणघाट, न्यूरोड पोखरा, ट्राफिक चोक बुटवल, बाग्लङु, नयाँ सडक घोराहि, धम्बोजी, सर्खेत रोड नेपालगंज विरेन्द्नगर सुर्खेत रमेनरोड चौराहा धनगढी, समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय हेटौडा, शाखा कार्यालय पुतलिसडक, बुटवल, पोखरा र नारायणगढ वा ज्योति विकास बैंक कन्चनपुर महन्द्रनगरमा बोलपत्र पेश गर्नु पर्नेछ। 

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार १० गते रहेको छ ।


Share this with your friends: