सानिमा इक्विटी फन्डद्वारा ७% प्रतिफल वितरणको घोषणा

2020-10-04
सानिमा इक्विटी फन्डद्वारा ७% प्रतिफल वितरणको घोषणा

काठमाण्डौ। सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीहरुलाई ७ प्रतिशत प्रतिफल वितरणको घोषणा गरेको छ। 

फन्डको १८ गते आइतबार बिहान बसेको सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ का लागि सो अवधिसम्मको मुनाफा र कायम रहेको सञ्चित जगेडाबाट समेत गरी सानिमा इक्वीटी फण्डका सेयरधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको ७ प्रतिशत प्रतिफल वितरणको गर्ने निर्णय गरेको छ। 

यसरी इकाइधनीहरुलाई ९ करोड १० लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गरिनेछ।  


Share this with your friends: