स्वदेशी लघुवित्तका लगानीकर्ताको हात खाली हुने, लाभांस वितरण नगर्ने प्रस्ताव

2020-09-10
स्वदेशी लघुवित्तका लगानीकर्ताको हात खाली हुने, लाभांस वितरण नगर्ने प्रस्ताव

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने भएको छ। थाले गत आर्थिक वर्ष(२०७६/७७) का लागि लाभांस वितरण नगर्ने भएको हो। 

हिजो बसेको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। 

संस्थाले गत आर्थिक वर्षको वासलात, आम्दानी तथा नाफानोक्सान हिसाबलगायतका विवरणसहितको वार्षिक एकीकृत वित्तीय विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सञ्चालक समितिबाट स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा वार्षिक साधारणसभा गर्न स्वीकृतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ। 


Share this with your friends: