स्वास्थय बीमा खरिद गर्दा यि कुरामा ध्यान दिन आवश्यक, हुनेछ फाइदा

2020-11-03
स्वास्थय बीमा खरिद गर्दा यि कुरामा ध्यान दिन आवश्यक, हुनेछ फाइदा

काठमाण्डौ । कोरोना महामारीको अहिलेको अवस्थामा स्वास्थ्य बीमा सबैको प्राथमिक आवश्यकतामा समावेश भएको छ। अझ विशेष गरेर जेष्ठ नागरिकका लागि स्वास्थ्य बीमाको आवश्यकता त हुनै नै गर्दछ। तिव्र गतिमा बढिरहेको स्वास्थ्य खर्चले जो कोहिलाई पनि आर्थिक संकटतर्फ धकेल्न सक्छ। यो आपतकालिन अवस्थाबाट बच्नका लागि स्वास्थ्य बीमा आवश्यक पर्ने गर्दछ। बजारमा कयौँ कम्पनीहरुले विभिन्न प्रकारका स्वास्थ्य बीमाहरु पेश गरिरहेका छन्। तर स्वास्थ्य बीमा खरिद गर्दाखेरी ग्राहकहरुले केहि कुरालाई ध्यान दिन आवश्यक पर्ने गर्दछ। आउनुहोस जानौँ के–के हुन् त ति कुराहरु:

कभर हुनुपर्छ वर्तमान रोगहरु
ग्राहकरुले स्वास्थय बीमा खरिद गर्नुभन्दा अघि यो बुझ्न आवश्यक हुने गर्दछ कि पोलिसीमा वर्तमान रोग कभर भईरहेको छ कि छैन। केहि कम्पनीहरुले आफ्नो पोलिसीहरुमा बीमितहरुको वर्तमान रोगलाई कभर गर्ने गर्दछन् भने केहिले त्यसो गर्दैनन् पनि। त्यसैले सधै त्यस्तो बीमा योजना चयन गर्नु राम्रो हुने गर्दछ, जसले ग्राहकको वर्तमान रोग कभर गरोस् र जसमा कम समय पर्खनु परोस्। 

दाबी भुक्तानीको राशी अधिक हुनुपर्छ 
बीमा पोलिसीमा गम्भिर रोगका लागि दाबी भुक्तानीको रकम धेरै हुनुपर्दछ। बजारमा उपलब्ध कयौँ बीमा कम्पनीहरुको पोलिसीहरुमा केहि गम्भिर रोगहरुका लागि दाबी भुक्तानीको रकम अपेक्षाकृत रुपमा कम हुने गर्दछ। ग्राहकहरुले बीमा पोलिसी खरिद गर्नुभन्दा अघि यस बारेमा जानकारी लिनु पर्दछ। यसको लागि ग्राकहरुले गम्भिर रोगहरुको सूची सहित सम्पूर्ण कागजातहरु ध्यानपूर्वक पढ्नु पर्दछ। 

भुक्तानीको सीमा 
ग्राहकका लागि यस्तो बीमा पोलिसी छनोट गर्दा उत्तम साबित हुने गर्दछ, जसले अस्पतालमा भर्ना भएपछिको सबै खर्च कभर गरोस्। बजारमा उपलब्ध कयौँ बीमा कम्पनीहरुको पोलिसीहरुमा एक निश्चीत समयपछि अस्पतालको कोठा वा आईसीयुको भुक्तानी, पोलिसीहोल्डरले स्वयम तिर्नुपर्ने हुन्छ। त्यसैले पोलिसी लिनुभन्दा अघि ग्राहकहरुले यस बारेमा जानकारी दिन आवश्यक हुने गर्दछ। 

एकै पटक प्रिमियम जम्मा गर्दा छुट
बजारमा उपलब्ध कयौँ बीमा पोलिसीहरुमा अधिकतम पोलिसी टर्ममा एकमुष्ट प्रिमियम जम्मा गराउदा छुट प्रदान गर्ने गरिन्छ। यसर्थ ग्राहकहरु एकै पटक प्रिमियम जम्मा गरेर छुटको लाभ लिन सक्छन्। 
  

 

tips   

Share this with your friends: