स्विस रिले तेल तथा ग्यास उत्पादक कम्पनीहरुको बीमा सेवा कटौति गर्ने

2022-03-20
स्विस रिले तेल तथा ग्यास उत्पादक कम्पनीहरुको बीमा सेवा कटौति गर्ने

काठमाण्डौ । विश्वको दोस्रो ठूलो पुनर्बीमा कम्पनी स्विस रिले आफुले बीमा सेवा दिन अस्विकार गर्दै आईरहेका तेल तथा ग्यास उत्पादक कम्पनीहरुको संख्या बढाउने जनाएको छ। विश्वको तापक्रम वृद्धिलाई घटाउनमा सहयोग पुर्याउन चौतर्फि दबाब आएपछि कम्पनीले तेल तथा ग्यास उत्पादक कम्पनीहरुलाई प्रदान गर्दै आईरहेको बीमा सेवा घटाउने जनाएको हो। 

कम्पनीले आफ्नो वार्षिक दिगोपन प्रतिवेदन सार्वजनिक गर्दै १० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन गर्ने तेल तथा ग्यास कम्पनीहरुलाई सन् २०२३ जुलाईदेखि बीमा सेवा प्रदान नगर्ने जनाएको छ। 

स्विस रिले सन् २०२१ मा प्रति ब्यारेल तेल तथा ग्यासको इकाइ उत्सर्जन अर्थात कार्बन उत्सर्जनको तीव्रताको आधारमा विश्वका ५ प्रदुषित कम्पनीहरुलाई हटाएको थियो। 

यस्तै कम्पनीले सन् २०२५ सम्म आधी जसो तेल तथा ग्यासको प्रिमियम ‘नेट–जीरो इमिसन २०५०’ योजनामा संलग्न कम्पनीहरुबाट कमाउन चाहेको जनाएको छ। यसैगरी कम्पनीले सन् २०२२ देखि नर्वेका उत्पादकहरु बाहेक आर्टिक क्षेत्रमा आफ्नो उत्पादनको १० प्रतिशतभन्दा बढी भएका कम्पनी वा परियोजनाहरुको बीमा नगर्ने जनाएको छ। 

 


Share this with your friends: