‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड सम्पन्न

2022-06-15
‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड गरिएको छ । गत जेठ १९ गतेदेखि २५ गतेसम्म बिक्री खुला गरिएको ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’का इकाइहरुको बाँडफाँड(बीजपूँजी समेत) जेठ ३१ गते गरिएको हो । 

उक्त बाडँफाँड सम्बन्धि विवरण सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट  सञ्चालित www.meroshare.cds.com.np वा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइट www.nicasiacapital.com बाट हेर्न सकिने एनआईसी एशिया क्याविटलले जनाएको छ । 
एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत जेठ १९ गतेदेखि २५ गतेसम्म निष्कासन गरिएको थियो ।

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये कुल बिक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई आम सर्वसाधारणको बिक्रीका लागि खुला गरिएको थियो । 


Share this with your friends: