बाढीपहिरोका कारण अष्ट्रेलियाका बीमकहरुको घाटा चुलिँदै

2022-04-18
बाढीपहिरोका कारण अष्ट्रेलियाका बीमकहरुको घाटा चुलिँदै

काठमाण्डौ । अष्ट्रेलियाका बीमकहरुले बाढीपहिरो र तुफानबाट भएको क्षतीबाट २.४३ बिलियन अष्ट्रेलियन डलरबराबरको घाटा व्यहोरेका छन्। अष्ट्रेलियन बीमा नियामक इन्स्योरेन्स काउन्सिल अफ अष्ट्रेलियाका अनुसार त्यहाँका बीमकहरुले बाढी,पहिरो तथा तुफानजस्ता प्राकृतिक प्रकोपहरुबाट भएको क्षतीबाट २.४३ बिलियन अष्ट्रेलियन डलरबराबरको घाटा व्यहोरेका हुन्। 

रिपोर्टका अनुसार बाढी पहिरोले पुर्याएको क्षती निरन्तर वृद्धि भईरहेको छ र सन् २०२२ मार्च महिनाको अन्त्यतबाट सुरु भएको बाढीले बीमकहरुको घाटाको आँकडा अझै उकालो लागिरहेको छ। 

गत साता सिड्नी र दक्षिण तथा केन्द्रिय तटीय क्षेत्रमा आएको भिषण बाढीले अष्ट्रेलियाका बीमकहरुले अतिरिक्त दाबीको सामना गरिरहनु परेको छ। 
त्यस्तै अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्र पनि बाढी पहिरोबाट प्रभावित भएको छ। जसका कारण दक्षिणपूर्वी क्विइन्सल्याण्ड,न्यू साउथ वेल्स,ब्रिसबेन र सिड्नी जस्ता सहरहरुमा बाढी पहिरोको प्रकोप देखिएको छ। 

इन्स्योरेन्स काउन्सिल अफ अष्ट्रेलियाका अनुसार बाढी पहिरोका कारण बीमा दाबी संख्या १ लाख ७३ हजार ३४६ ले वृद्धि भएको छ। जसमा ८० प्रतिशतभन्दा बढी सम्पत्तिसँग सम्बन्धीत दाबी छन्।  

 


Share this with your friends: