बीमा संसार


बीमाको दायरामा ४३% जनसंख्या, २.७% ले मात्रै बढ्यो व्यवसाय

काठमाण्डौ । बीमाको दायरा नेपालको कुल जनसंख्याको ४३.१४ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४३.१४ प्रतिशत जनसंख्यामा पुगेको हो ।   अघिल्लो वर्षको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३.६१ प्रतिशतले...

दक्षिण कोरियाका बीमकहरुको मुनाफामा २१%को गिरावट

काठमाण्डौ । दक्षिण कोरियाका बीमकहरुको मुनाफामा २१ प्रतिशतको गिरावट आएको छ। यो वर्षको पहिलो त्रैमासमा दक्षिण कोरियाका जीवन र निर्जीवन दुवैको संयुक्त मुनाफामा २१ प्रतिशतको गिरावट आएको हो।  फाइनान्सीएल सुपरभाइजरी सर्भिसका अनुसार दक्षिण कोरियाका ५३ प्रमुख बीमकहरुको मुनाफा जनवरी–मार्चको अवधिमा ३.०५ ट्रिलियन कोरियन वन(२.५४ बिलियन...

एलआईसीको आईपीओको आकार घटाइयो,अब ३.५% मात्रै जारी गरिने

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको एलआईसी भारतको आईपीओको आकार घटाइएको छ। अब आईपीओमार्फत एलआईसीको केवल ३.५ प्रतिशत मात्रै स्वामित्व बिक्री गरिने भएको छ।  रिपार्टका अनुसार भारत सरकारले एलआईसीको ३.५ प्रतिशत स्वामित्व बिक्रीमार्फत २१ हजार करोड भारतीय रुपैयाँ जुटाउने तयारी गरेको हो। यसअघि भारत सरकारले एलआईसीको ५ प्रतिशत...

1663308665norvic-gif.gif

एलआईसीले बिक्री गर्यो प्रतिमिनेट ४१ बीमा पोलिसी,बजार हिस्सा ७४.६०% पुग्यो

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारीमा रहेको सरकारी स्वामित्वको एलआईसी भारतले गत आर्थिक वर्षमा प्रति मिनेट ४१ अर्थात प्रतिघण्टा २४६० बीमा पोलिसी बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको रिपोर्टका अनुसार आर्थिक वर्ष २०२१÷२२ मा कम्पनीले २ करोड १७ लाख १८ हजार ६९८ पोलिसी बिक्री गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा...

बाढीपहिरोका कारण अष्ट्रेलियाका बीमकहरुको घाटा चुलिँदै

काठमाण्डौ । अष्ट्रेलियाका बीमकहरुले बाढीपहिरो र तुफानबाट भएको क्षतीबाट २.४३ बिलियन अष्ट्रेलियन डलरबराबरको घाटा व्यहोरेका छन्। अष्ट्रेलियन बीमा नियामक इन्स्योरेन्स काउन्सिल अफ अष्ट्रेलियाका अनुसार त्यहाँका बीमकहरुले बाढी,पहिरो तथा तुफानजस्ता प्राकृतिक प्रकोपहरुबाट भएको क्षतीबाट २.४३ बिलियन अष्ट्रेलियन डलरबराबरको घाटा व्यहोरेका...

भारतीय निर्जीवन बीमकहरुको बीमाशुल्क आर्जन ११%ले वृद्धि

काठमाण्डौ । भारतीय निर्जीवन बीमकहरुले आर्थिक वर्ष २०२१/२२ मा भारु.२२०६३४.७३ करोडबराबरको बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो आर्थिक वर्ष २०२०/२१ को तुलनामा ११ प्रतिशत बढी हो।  भारतमा सञ्चालित ३१ बीमकहरुले आर्थिक वर्ष २०२०/२१ मा भारु.१९८७१४.७२ करोडबरारबको बीमाशुल्क आर्जन गरेका थिए।   भारतीय बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी...

16454172591200x120.gif

रुस–युक्रेन युद्धका कारण मेट लाइफ सबैभन्दा धेरै प्रभावित हुने

काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण अमेरिकी बीमा कम्पनी मेट लाइफ सबैभन्दा धेरै प्रभावित हुने देखिएको छ। अन्तराष्ट्रिय बीमा विज्ञहरुका अनुसार रुस–युक्रेन युद्धको पूर्ण प्रभाव देखिन अझै केहि समय लाग्न सक्छ र यी देशमा सबैभन्दा धेरै एक्सपोजर भएका देशहरु सबैभन्दा धेरै प्रभावित हुने जनाइएको छ।  ग्लोबल डेटा कम्पनी एलओबी ब...

पूर्वी अफ्रिकाको कच्चा तेल पाइपलाइन परियोजनाको बीमा गर्न म्युनिख रिले गर्यो अस्वीकार

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी म्युनिख रिले पूर्वी अफ्रिकाको कच्चा तेलको पाइपलाइन परियोजनालाई बीमा सुरक्षा प्रदान नगर्ने भएको छ। कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने पेरिस सम्झौतामा अडिग रहेको भन्दै म्युनिख रिले पूर्वी अफ्रिकाको कच्चा तेल पाइपलाइन परियोजनाको बीमा गर्न अस्वीकार गरेको हो। कम्पनीले एक वर्षअघि नै आफ्नो...

भारतमा साइबर र सामुहिक स्वास्थ्य बीमाको प्रिमियममा व्यापक वृद्धि

काठमाण्डौ । भारतका बीमकहरुले साइबर र सामुहिक स्वास्थ्य बीमाको प्रिमियममा व्यापक वृद्धि गरेका छन् । अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै भारतीय बीमकहरुले साइबर इन्स्योरेन्स प्रिमियम ८०–१०० प्रतिशत र सामुहिक स्वास्थ्य बीमाको प्रिमियम ४० प्रतिशतसम्म वृद्धि गरेका छन् । यस्तै भारतीय बीमकहरुले अन्य व्यवसायको प्रिमियममा समेत...

बीमकहरुले रुस–युक्रेन युद्धका कारण १६ देखि ३५ बिलियन डलर घाटा ब्यहोर्नुपर्ने

काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण विश्वका बीमकहरुले १६ देखि ३५ बिलियन डलर घाटा ब्यहोर्नुपर्ने भएको छ। एस एण्ड पी ग्लोबल रेटिङले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो देखिएको हो। रिपोर्टका अनुसार कुल घाटामा ५० प्रतिशत घाटा  पुनर्बीमकहरुले ब्यहोर्नुपर्नेछ।  यो रिपोर्ट रुस–युक्रेन युद्धका कारण फसेका जेट विमानबाट हुने...

‘चाइना लाइफ’द्वारा अपेक्षा गरेभन्दा कम मुनाफा आर्जन

काठमाण्डौ । चीनको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी‘चाइना लाइफ इन्स्योरेन्स’ले अनुमान गरेभन्दा कम मुनाफा आर्जन गरेको छ। चाइना लाइफले सन् २०२१ मा अनुमान गरेभन्दा कम अर्थात ५०.९२ बिलियन चिनिया युआन(८ बिलियन डलर) मुनाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको तुलानमा भने १.३ प्रतिशतले धेरै हो।  विश्लेषकहरुले चाइना लाइफले सन् २०२१ मा ५७.५...

जापानको शक्तिशाली भुकम्पका कारण बीमकहरुले २–४ बिलियन डलर घाटा व्यहोर्नुपर्ने

काठमाण्डौ । गत साता जापानको उत्तरपूर्वी तटमा गएको शक्तिशाली भुकम्पले बीमा कम्पनीहरुलाई २ देखि ४ बिलियन डलरसम्म घाटा हुनसक्ने अनुमान गरिएको छ।  फुकुसिमा र मियागी प्रान्तका १ हजार प्रभावित भवनहरुको रिपोर्टलाई उद्धृत गर्दै करीब ४०० देखि ८२० मिलियन डलर नोक्सान व्यवसायिक र औद्योगिक सम्पत्तिहरुको क्षतिबाट हुने जनाइएको छ।  त्यस्तै...

तालिवानद्वारा अफगानिस्तानका बीमा कम्पनीहरुको सञ्चालनमा रोक

काठमाण्डौ । सन् २०२१ अगस्टमा अफगानिस्तानलाई पुनःआफ्नो नियन्त्रणमा लिएको तालिवानले देशमा बीमा कम्पनीहरुको सञ्चालन स्थगित गरेको छ।  अफगानिस्तानको सरकारले बीमा कम्पनीहरुलाई लेखेको आधिकारिक पत्रमा सार्वजनिक तथा निजी बीमकहरुका सम्पूर्ण गतिविधिहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुपर्ने घोषणा गरिएको छ। उक्त पत्रमा बीमा...

रुसमा ग्राउन्डेड विमानका कारण बीमकहरुले १० बिलियन डलर दाबीको सामना गर्नुपर्ने

काठमाण्डौ । रुसमा विमानहरु ग्राउन्डेड भएका कारण बीमक तथा पुनर्बीमकहरुले १० बिलियन डलरसम्म दाबीको सामना गर्नुपर्ने देखिएको छ। फिच रेटिङले एक रिपोर्ट सार्वजनिक गर्दै खराब स्थितीमा बीमक तथा पुनर्बीमकहरुले १० बिलियन डलरसम्म दाबीको सामना गुर्नपर्ने जनाएको हो। रुसले युक्रेनलाई आक्रमण गरेको प्रतिक्रिया स्वरुप पश्चिमा देशहरुले लगाएको...

थाइल्याण्डका दुई बीमा कम्पनीलाई व्यवसाय गर्न रोक

काठमाण्डौ । थाइल्याण्डको बीमा नियामक‘अफिस अफ इन्स्योरेन्स कमिसनले(ओआईसी)ले दुईवटा बीमा कम्पनीलाई नयाँ बीमा व्यवसाय गर्न रोक लगाएको छ। तोकिएको समयभित्र वित्तीय अवस्था सच्चाउन निर्देशन दिदैँ ओआईसीले साउथइष्ट इन्स्योरेन्स र थाई इन्स्योरेन्सलाई नयाँ निर्जीवन बीमा पोलिसीहरु बिक्री नगर्न निर्देशन दिएको हो।  ओआईसीका सेक्रेटरी जनरल...