अन्तिम दिन बजारले देखायो सुखद् संकेत, बीमाको चमक फिर्ला ?

2020-10-15
अन्तिम दिन बजारले देखायो सुखद् संकेत, बीमाको चमक फिर्ला ?

काठमाण्डौ । बीमा समूहहरुले गिरावटका साथ कारोबार साताको अन्त्य गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। निर्जीवन बीमा समूह २४.४२ अंकले ओरालो लाग्दै ७७०४.१९ को बिन्दुमा सीमित बन्यो। 

यस्तै जीवन बीमा समूह पनि १६.८ अंकले घट्दै ९४४२.२० को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा एउटा मात्रै बीमा कम्पनीको रुपमा जनरल इन्स्योरेन्स कम्पनी रह्यो। जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदै पोजेटिभ सक्रिट लाग्यो। आज यो कम्पनीको सेयरमूल्य ३६८ रुपैयाँ कायम भयो। हिजो पनि यो कम्पनीको सेयरमूल्यमा पोजेटिभ सक्रिट लागेको थियो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के—के भयो ?
अर्थमन्त्रि पदमा विष्णुप्रसाद पौडेल नियुक्त भएपछि सेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ। लगानीकर्ताले नवनियुक्त अर्थमन्त्रिले सेयर बजारलाई नयाँ गति दिने अपेक्षा राखेका छन्। आज नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ। अघिल्लो दिनको प्रदर्शनलाई सुधार गर्दै आज नेप्से परिसूचक १.२९ अंकले बढ्दै १५६२.४६ को उचाईमा पुग्यो। आज अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेका छ। यो दिन बजारमा १९६ कम्पनीका ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँमा किनबेच भयो।  

आज ५ वटा समूहमा हरियाली छायो। हाईड्रो समूह ७.१ अंकले बढेको यो दिन अन्य समूह ६.५५, व्यापार ३.१९, बैंकिङ १.९ र म्युचुअल फन्ड ०.०१ अंकले बढे। 

आज सबैभन्दा धेरै गिरावट उत्पादन तथा प्रशोधन समूहमा आयो। यो समूह २९.५५ अंकले ओरालो लाग्यो भने होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२ र लघुवित्त १.६ अंकले घटे। 
आज नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको छ।
यो दिन गुराँस लघुवित्त र आँखुखोला जलविद्युत् कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ। 
 
आज नेप्सेमा सूचीकृतमध्ये १९६ कम्पनीका ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ७ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको ३ करोड ७७ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ५१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ३ करोड ४१ लाख रुपैयाँ, एनसीसी बैंकको ३ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकको ३ करोड रुपैयाँ र नेपाल बैंकको २ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

 


Share this with your friends: