आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

2022-04-25
आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज(वैशाख १२ गते)देखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ३९४ कित्ता गरी कुल ९० हजार ६५५ कित्ता सेयर लिलामीमा राखेको होृ । 

यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति,संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

लिलामी सेयरको न्युनतम मूल्य प्रतिकित्ता रु.१०० निर्धारण गरिएको छ । लगानीकर्ताले बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता का लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल,ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरु बिर्तामोड,हनुमादास रोड विराटनगर,जनकपुर,आर्दशनगर विरगंज,हेटौडा,नारायणगढ,न्युरोड पोखरा,मिलनचोक बुटवल,बाग्लुङ बजार,त्रिभुवन चोक नेपालगंज,विरेन्द्रनगर सुर्खेत,घोराही दाङ,धनगढी कैलाली र महेन्द्रनगर कन्चनपुरमा बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

दगानीकर्ताहरुले वैशाख २० गतम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


Share this with your friends: