काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा गीता केसी नियुक्ती भएकि छिन्। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले केसी लाई मंसिर २६ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
कानुन विभागमा कार्यरत केसी लाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ।