चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २८.७० अर्ब बीमाशुल्क आर्जन

2022-04-28
चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २८.७० अर्ब बीमाशुल्क आर्जन

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनाको अन्त्यसम्ममा २८ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ७० करोड ११ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यो अवधिसम्ममा ३ अर्ब ७१ करोड १५ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले २ अर्ब ४२ करोड ९२ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले २ अर्ब २३ करोड ९२ लाख ९७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । १ अर्ब ९४ करोड ५ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दै सिद्धार्थ इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ७७ करोड १८ लाख ७२ हजार रुपैयाँ आर्जन गर्दै सूचीको पाचौँ स्थानमा रहेको छ । 

त्यस्तै प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६४ करोड ५ लाख ८९ हजार युनाइटेड इन्स्योरेन्स १ अर्ब २१ करोड ३५ लाख ३२ हजार , हिमालयन जनरल इन्स्योरेन्स १ अर्ब २६ करोड ५२ लाख ५७ हजार , अजोड इन्स्योरेन्स १ अर्ब २२ करोड ६६ लाख ६३ हजार, आइएमई जनरल  १ अर्ब २७ करोड १४ लाख ५४ हजार , नेपाल इन्स्योरेन्स १ अर्ब १८ करोड ९० लाख ९६ हजार , प्रभु इन्स्योरेन्स १ अर्ब १० करोड ६३ लाख ९७ हजार, लुम्बिनी जनरल १ अर्ब १७ करोड ७९ लाख ७९ हजार, ओरिएण्टल इन्स्योरेन्स १ करोड ३ करोड ४९ लाख ७० हजार, राष्ट्रिय बीमा कम्पनी १ अर्ब ४२ करोड ९६ लाख ६५ हजार, प्रुडेन्सियल इन्स्योरेन्स १ अर्ब १० लाख ४१ हजार, एभरेष्ट इन्स्योरेन्स ९२ करोड ७४ लाख ३३ हजार, जनरल इन्स्योरेन्स ७२ करोड २४ लाख २९ हजार, नेशनल इन्स्योरेन्स ६७ करोड ८८ लाख २८ हजार र सानिमा जनरल इन्स्योरेन्सले ७२ करोड ६ लाख ३३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।


Share this with your friends: