जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

2021-07-19
जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकि छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो । 

अग्रवाल संस्थापक सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकि हुन. । 

यसअघिका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएपछि कम्पनीको सञ्चालक समितिको सञ्चालक पद रिक्त भएको थियो । 


Share this with your friends: