नेप्सेमा सामान्य करेक्सन, बीमा समूहको ओरालो यात्रा जारी

2020-09-28
नेप्सेमा सामान्य करेक्सन, बीमा समूहको ओरालो यात्रा जारी

काठमाण्डौ । बीमा समूहहरुको परिसूचकमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पायो। आज पनि जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकले ओरालो यात्राका साथ दिनको अन्त्य गरे। यो दिन जीवन बीमा समूह सर्वाधिक ५२.९१ अंकले घट्दै ९५६०.४५ को बिन्दुमा झर्यो। 
यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४९.८३ अंकले घट्दै ७८०८.१७ को बिन्दुमा सिमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान बनाउन सकेनन्। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
अघिल्लो दिन ४.२९ अंकले बढेको नेप्से परिसूचकमा आज भने करेक्सन आयो। नेप्से परिसूचक ४.७३ अंकले घट्दै १५६०.८३ को बिन्दुमा सिमित बन्यो। यो दिन बजारमा १९१ कम्पनीका ६९ लाख ९७ हजार ४२० कित्ता सेयर १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२५ रुपैयाँमा किनबेच भयो। 
आज विकास बैंक र वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचकमा गिरावट आयो। विकास बैंक २.२४ अंकले बढेको यो दिन वित्त समूह ११.४१ अंकले बढ्यो। 

आज बैंकिङ समूह, व्यापार जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फन्ड क्रमश ४.०३, १४.६९, १९.३९, २.९१, १९.६४, ०.१, ७.६१ र ०.०५ अंकले घटे। 

आज नेपाल फाइनान्सका सेयरधनीहरुले उच्च कमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। 

यसैगरी सेन्ट्रल फाइनान्सको सेयरमूल्य पनि आज ८ प्रतिशत बढीले बढ्यो। 

आज पाँचथर पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका ६९ लाख ९७ हजार ४२० कित्ता सेयर १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५२५ रुपैयाँमा कारोबार भएको छ। आज यी कम्पनीहरुका ३० हजार ५९६ पटक सेयर कारोबार हुँदा ४५ कम्पनीका सेयरमूल्यमात्रै उक्लिए भने १०६ कम्पनीका सेयरमूल्य ओरालो लाग्यो। १८ कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।

यो दिन हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा बढी ९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँबराबरको कारोबार गरेको यो दिन अरुण भ्याली हाइड्रोपावरको ५ करोड ९५ लाख रुपैयाँ, प्रभु बैंकको ५ करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकको ४ करोड ८३ लाख रुपैयाँ, सिभिल बैंकको ४ करोड ५४ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ३५ लाख रुपैयाँ, अपी पावरको ३ करोड ८२ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

 


Share this with your friends: