काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै “क”वर्गका वाणिज्य बैंकहरुमा १ वर्ष तथा २ वर्षका लागि लगानी गर्नुपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने जनाएको हो।
कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर र ब्याज भुक्तानी अवधिसहित कम्पनीले तोकेको कोटेसनसम्बन्धी फारम भरी गोप्य शिलबन्दी पेस गर्नु पर्ने जनाएको छ। वाणिज्य बैंकहरुले गोप्य शिलबन्दी मंसिर १५ गतेसम्म कम्पनीमा कार्यालय समयभित्र बुझाउनु पर्नेछ। शिलबन्दी कोटेसन फाराम पुनर्बीमा कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।