प्रिमियर इन्स्योरेन्स द्वारा सीआईटीको संस्थापक सेयर लिलामीमा

2020-08-24
प्रिमियर इन्स्योरेन्स द्वारा सीआईटीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को ५० हजार कित्ता संस्थापक समूहको सेयर आजबाट लिलामीमा राखेको छ । 

लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। 
कम्पनीले प्रति सेयरको मूल्य २ हजार ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने छ । यसका लागि लगानीकर्ताले नक्सालस्थित नबिल इन्भेस्टमेन्टको कार्यालय वा नक्सालमै रहेको प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्न सक्नेछन् । 

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ १५ गते बैंकिङ समयसम्म तोकिएको छ। 


Share this with your friends: