सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

2020-10-15
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका अनुसार अनामनगरस्थित क्यापिटलको मुख्य कार्यालयमा भोलि बिहान ८ः३० बजे बाँडफाँड कार्यक्रम हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण हुनेछ। 

सानिमा जनरलले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।

कम्पनी चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ। 

यो कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९०५ आवेदन परेकोमा १ करोड ८५ लाख ९१ हजार ५२० कित्ताका लागि आवेदन परेको थियो। 

 


Share this with your friends: