काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार यहि साताबाट हुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको छ। फाइल अध्ययन पश्चात कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुने र यसै सातादेखि कारोबार पनि आउने भएको छ।
कारोबारका लागि सानिमा जनरलले नेप्सेबाट “एसजीआई” कोड प्राप्त गरेको छ। कम्पनीको ओपनिङ रेन्ज १०३.७३ देखि ३११.१९ रुपैयाँसम्म प्रदान गरिने भएको छ।
कम्पनीले गत असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।