सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2022-02-03
सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ करोडको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ बराबरको नगद(कर प्रयोजनका लागि समेत) लाभांस रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: